
पुनर्वासमा काँग्रेसबाट आकांक्षी मध्ये को बन्ला मेयर–उपमेयर ?
हरिलाल जोशी
पुनर्वास– कञ्चनपुरमा गठबन्धन नगरी चुनाव लड्ने सहमती पछि काँग्रेस एक्लै चुनावी मेदानमा उत्रिन तयार भएको छ ।
बैशाख ३० गते हुने संघिय पछिको दोस्रो स्थानीय तह निर्वाचनमा आईतबार गठबन्धन गर्ने निर्णय बदर गरेपछि काँङ्ग्रेस एक्लै चुनावमा उत्रिन तयार भएको हो ।
पुनर्वास नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट ९ जना पुरुष र उपमेयर पदका लागि ४ जनाले आकांक्षी देखाएका छन् ।
आकांक्षीहरुमा गत निर्वाचनमा उम्मेदवार रहेका तोयनाथ शर्मा, पुनर्वास नगरकार्यसमितिका सभापति शुकबहादुर तामाङ, नविन शर्मा खरेल, कालिका गाविसका पूर्व अध्यक्ष शुकबहादुर तामाङ, भरत विष्ट,दिपबहादुर लोप्चन (डिबि), अमरजंग साउँद, हरि अधिकारी र दीर्घसिंह ठकुरीको नाम मेयर पदका लागि पठाउने निर्णय गरेको छ । भने उपमेयरमा गत निर्वाचनमै उम्मेदवार रहेकी भुलिया राना, मिरा चन्द, दिलु बोहरा र चमेली तामाङको नाम तयार छ ।
तर चर्चाका आधारमा आकांक्षी मध्ये २०७४ मा मेयरपदका उम्मेदवार तोयाप्रसाद शर्माले मेयर र भुलिया रानाले उपमेयरको टिकट पाउने पक्का पक्की देखिन्छ ।