
पुनर्वास प्याब्सनद्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान
पुनर्वास- निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पुनर्वास नगर कमिटीले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेकाे छ ।
शनिबार पुनर्वास नगरपालिका-६ वडा कार्यालयको प्राङ्गणमा भएको कार्यक्रममा नगर प्रमुख, उपप्रमुख लगायत कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई प्याब्सनले बधाई तथा सम्मानका साथै मायाको चिनाे समेत प्रदान गरेको हो ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख ताेय प्रसाद शर्माले संस्थागत विद्यालय भाैतिक रुपमा सामुदायिक विद्यालय भन्दा सुबिधा सम्पन्न रहेकाे र शैक्षिक गुणस्तर पनि राम्राे रहेकाे बताए ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन ।, सामुदायिक विद्यालय र निजि विद्यालय बिचकाे बिभेद हामी सबैले मिलेर अन्त्य गर्नु पर्ने उनको भनाई छ ।
हामी जनप्रतिनिधि खाली किताब हौ, शिक्षामा सुधार ल्याउनका लागि शिक्षकहरुकाे सल्लाह अनुसार नगरपालिकाबाट निति बनाएर अघि बढ्छौ । उनले भने,
त्यस्तै कार्यक्रममा बाेल्दै नगर उपप्रमुख भुलिया कुमारी रानाले शैक्षिक गुणस्तर तर्फ कसरी लैजाने भन्ने विषयमा सामुदायिक विद्यालय मात्रै हैन, निजि शैक्षिक संस्थामा देखिएका समस्या सामाधान गर्न नगरपालिका सकारात्मक देखिने बताईन ।
त्यसैगरी प्याब्सनका नगर अध्यक्ष बालकृष्ण ढकालले शैक्षिक गुणस्तर जोगाउनमा निजि बिद्यालयको अहम भुमिका रहेपनि निजि प्रति सधै सरकारको सौतेनी व्यवहार हुने गरेको बताए ।
” पुनर्वासमा सामुदायिक बिद्यालयको तुलनामा विद्यार्थी संख्या, बिद्यालय संख्या र भौतिक स्तर बराबरी रहेको छ । “उनले भने, “निजिलाई समेत समेट्दा हामी केहि माग्दैनौ, सबै सञ्चालक मात्रै हुँदा बरु शैक्षिक गुणस्तरका विषयमा केहि शब्द थप्न सक्छौ ।”
प्रदेश प्याब्सन,जिल्ला प्याब्सनका पदाधिकारीको सहभागिता रहेको कार्यक्रमलाई सञ्चालन नगर सचिव पुष्पराज ओझाले गरेका थिए ।