Above Article Ad
  • पुनर्वास नगरपालिकाको १९औँ नगर सभा सम्पन्न, रु. ७६ करोड १७ लाख ११ हजारको बजेट पारित

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ ।

    नगर सभाध्यक्ष तथा नगर प्रमुख तोय प्रसाद शर्माले मंगलबार दिउँसो करिब ३ बजे नगर सभाको उन्नाइसौँ अधिवेशन विधिवत् रूपमा प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

    Article inline ad #1
  • कार्यसूचीअनुसार नगर कार्यपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम, वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको संक्षिप्त बजेट भाषण सभासमक्ष प्रस्तुत गर्नुभयो । त्यसै गरी नगर प्रवक्ता तुलसी अर्याल (विनोद) ले २०८३ जेठ मसान्तसम्मको प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

    Article inline ad #2

    नगर सभा अधिवेशनबाट वार्षिक नीति तथा कार्यक्रम, संक्षिप्त बजेट, न्यायिक समितिको वार्षिक प्रतिवेदन, २०८३ जेठ मसान्तसम्मको प्रगति समीक्षा प्रतिवेदन, आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गरिएको छ । योजना शाखाका अधिकृत सातौँ शङ्कर बोगटीले नगर सभा अधिवेशनको सहजीकरण गर्नु भएको थियो ।

    नगर प्रमुख तोय प्रसाद शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे जानकारी दिनुहुँदै नगरवासीको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

    जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको पुनर्वास नगरपालिका कार्यालय भवनको पुनर्निर्माणलाई पनि आगामी वर्षको महत्त्वपूर्ण प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

    उहाँले सीमित स्रोतसाधनका बाबजुद नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता वृद्धि र जनतासम्म सहज पहुँच पुर्‍याउने लक्ष्यसहित बजेट ल्याइएको स्पष्ट पार्नुभयो ।

    नगर प्रमुख शर्माले उत्पादनमुखी कार्यक्रम, युवालाई स्वरोजगारसँग जोड्ने योजना तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत आर्थिक गतिविधि बढाउने नीति लिइएको समेत बताउनुभयो । नगर प्रमुख तोय प्रसाद शर्माले विगतको क्षतिलाई विकासको अवरोध बन्न नदिई नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।

    नगर सभाबाट नगरपालिकाका कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने निशा चन्द, रेखा रोकाया, प्रकाश अधिकारी, जनक धामी र हिरा बोगटी सिंह सम्मानित हुनु भएको छ ।

    त्यसै गरी सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङ, साहित्यकारद्वय दिननाथ बराल र गणेश न्यौपाने तथा समाजसेवी नारायणी जोशीलाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

    यस वर्षको नगर सभा अधिवेशनमा विगतभन्दा केही फरक र सकारात्मक दृश्य पनि देखियो । नगर सभा न्यूनतम खर्चमा मितव्ययी ढङ्गले सम्पन्न गर्ने उद्देश्यले सभामा उपस्थित सबैका लागि नगरपालिकाभित्रकै कर्मचारीहरू स्वयम् सम्मिलित उपसमितिले खाना पकाएर खुवाएको थियो ।

    त्यसै गरी सहभागीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय क्षेत्रमै गोरसबाट उत्पादित लस्सी वितरण गरिएको थियो ।

    यस कदमलाई स्थानीय उत्पादनको प्रवर्द्धनसँगै स्वास्थ्यप्रति संवेदनशील अभ्यासका रूपमा समेत हेरिएको पुनर्वास नगरपालिकाका सूचना अधिकारी कृष्ण भट्टको भनाइ छ । मितव्ययिता, स्थानीय स्रोतको उपयोग र जनमुखी विकास प्राथमिकतासहित आयोजित पुनर्वास नगर सभाले आगामी आर्थिक वर्षका लागि विकास र सेवा प्रवाहमा नयाँ अपेक्षा जगाएको छ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6