Above Article Ad
  • डोकेबजारमा सुरक्षित विश्राम स्थल सञ्चालनमा

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ को डोकेबजार (त्रिनगर हेल्थ डेस्क) मा सुरक्षित विश्राम स्थल सञ्चालनमा आएको छ ।

    आप्रवासी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय निकाय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन  आइ.ओ.एम. नेपालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वय र युरोपेली आयोगको आर्थिक सहयोगमा कोभिड-१९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारीको निम्ति आइसोलेशन र सिमानाको सबलीकरण मार्फत प्रभावकारी केश व्यवस्थापन परियोजना अन्तर्गत सोमबार देखि विश्राम स्थल सञ्चालनमा आएको हो ।

    Article inline ad #1
  • त्रिनगर हेल्थ डेस्कमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ र संरक्षण सम्बन्धी सेवाहरू सञ्चालन गर्न सुरक्षित विश्राम स्थल सञ्चालनमा ल्याइएको हो ।

    सुरक्षित विश्राम स्थलको नेपालका लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेज र पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै युरोपेली युनियनकी राजदूत डिप्रेजले भारतबाट आउने हजारौं नेपाली कामदारहरूको सहज स्वास्थ्य परीक्षणको सहजताका लागि  सीमानाका नाकाहरूमा आधारभूत सुविधाहरू देख्न पाउँदा म खुसी लागेको बताइन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by