बझाङ पुगेका ओलीको दनक : पाँचवटा बाख्रा एक ठाउँ भए पनि भैंसी जत्रो हुँदैन
एमालेसँग जसले सिङ जुधाउँछ त्यो भाँचिन्छ
Above Article Content Ad
बझाङः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए।
उनले पाँच दललाई बाख्राको संज्ञा दिए। ‘पाँचवटा बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन, ‘उनले भने, ‘उहाँहरु एमालेसँग चुनाव लड्न सक्नु हुन्न। बरु तल तल आफूलाई जोगाउन खुसुक्क एमालेसँग मिल्न तयार छन्।’
Article inline ad #1
उनले पाँच दलले एक्लै एमालेसँग जुध्न आए सिङ भाँचिने पनि बताए। ‘एमालेसँग सिङ जुधाए भाँचिन्छ। एमालेसँग जसले सिङ जुधाउँछ त्यो भाँचिन्छ,’ उनले भने, ‘एमाले अलिकति पछाडि सरेको छ। तर पछाडि सरेको भेडाले अगाडि सरेर हान्दा कस्तो होला, तपाईंहरुलाई त थाहै होला।’
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad