Above Article Ad
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेतमाथि उजुरी

    Above Article Content Ad
  • काठमाडौं । मध्यराति म्यासेज र फोन गरेर आफूलाई हैरानी बनाएको भन्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध सञ्चार मन्त्रालय र साइबर ब्युरोमा उजुरी परेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काठमाडौंस्थित एक अनलाइनकी पत्रकारले उजुरी दिएकी छन् ।

    सञ्चार मन्त्रालयको उजुरीमा भनिएको छ, “मिति २०८० जेठ १५ गते मध्यराति ११ः२६ बजे मेरो फेसबुकको म्यासेन्जरबाट बारम्बार अनावश्यक म्यासेज र कल गरेर भेट्ने प्रस्ताव गरी ममाथि हिंसाजन्य क्रियाकलाप भएको थियो । निज बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको प्रेस काउन्सिल नेपालका अध्यक्ष हुन् । जिम्मेवार निकायका प्रमुखबाट भएको अनावश्यकरुपमा असम्बन्धित व्यक्तिलाई मध्यरातमा फोन तथा म्यासेज गरी भेट्ने प्रस्ताव गर्ने खालको व्यवहारबाट मैले आफूमाथि हिंसा भएको महसुस गरेकी छु ।”

    Article inline ad #1
  • Upgrade with 0% interest

  • उनले यस किसिमको क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि आफू कार्यरत सञ्चार संस्थाका प्रमुखलगायतसँग फोन गरेर उजुरी फिर्ता लिन दबाब दिने र टर्चर दिने काम गरिरहेकाले सुरक्षाको माग गरेकी छन् ।उनले बस्नेतमाथि हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।

    Article inline ad #2
  • उनले प्रहरीको साइबर ब्यूरोमा पनि सोही व्यहोरोको उजुरी दिएकी छन् । बस्नेतले भने ती पत्रकारले सामाजिक सञ्जालमा लेखेपछि आफ्नो फेसबुक ह्याक भएको बताएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button