
सुदूरपश्चिममा मानवसेवा आश्रमद्वारा ४ जना सम्मानित
Above Article Content Ad
धनगढीः मानवसेवा आश्रमले सुदूरपश्चिमका ४ जनालाइ सम्मान गरेको छ।
Article inline ad #1
यस्तै सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्न गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार तथा शिक्षाविद् धनगढी उपहानगरपालिका–५ का प्रा.डा. हेमराज पन्त र धनगढी उपमहानगरपालिका–५ निवासी एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई समेत सम्मान गरिएको छ। भट्टले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रक र समग्र विकासमा पुर्याउन योगदानको लागि सम्मान प्रदान गरिएको आश्रमले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका मूर्धन्य व्यक्तित्वहरूलाई आश्रमले सम्मान गर्न पाउनु गर्वको कुरा रहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो। माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ सुदूरपश्चिम महोत्सव हुने ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























