Above Article Ad
  • चुनावी एजेण्डाकै आधारमा काम गरिरहेको छु : वडाध्यक्ष जैशी

    Above Article Content Ad
  • पुनर्वास । २०७९ को स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मनोज जैशीले आफूले चुनावका बेला बोलेका वाचाहरूलाई प्राथमिकतामा राखी अघि बढेको बताएका छन् । निर्वाचित भएसँगै आफ्नो वार्ड भित्रका विपन्न परिवारको विद्युतको महसुल तिरिदिने घोषणा गरेका जैशीले अहिले आफ्नो व्यक्तिगत रकमबाट १३ सय जनाको निःशुल्क विद्युतको बिल तिरिसकेको बताउँछन् ।

    मैले चुनाव लड्दै गर्दा विभिन्न चुनावी एजेण्डाहरुमार्फत चुनाव लडेको थिए , उनले भने ‘ अहिले तिनै चुनावी एजेण्डालाई प्राथमिकतामा राखी काम गरिरहेको छु । मैले निःशुल्क विद्युतको बिल तिरी दिने घोषण पनि गरेको थिए र अहिलेसम्म १३ सय जनाको निःशुल्क विद्युतको बिल तिरिसकेको छु ।’

    Article inline ad #1
  • यस्तै चालु आर्थिक वर्ष २०७९/८० को २१ वटा योजना मध्ये १६ वटा योजनाको काम सकिसकेको उनले बताए । वडा नम्बर ४ मा २१ वटा योजना उपभोक्ता मार्फत गर्नुपर्ने थियो, जसमध्ये १६ वटाको काम सकिएको र बाँकी ५ वटा योजना अबको केही दिन भित्र सक्ने र जेठको १५ सम्ममा सबै योजनाको भुक्तानी समेत गरिसक्ने गरी काम गरिरहेको छु उनले भने,‘ जेठ १५ पछि नयाँ आर्थिक वर्ष २०८०/८१ को लागी योजना निर्माण गर्न गाउँघरको आवश्यकतालाई मध्यनजर गर्दै टोल भेला मार्फत योजना सङ्कलन गर्ने तयारीमा छु ।

    Article inline ad #2

    नयाँ आर्थिक वर्षको योजना सङ्कलन गरेर केही समय आफू लगायत आफ्नो टीम सहित भ्रमणमा निस्कने र अन्य पालीकामा के कसरी काम भइरहेको छ अध्ययन गर्दै राम्रा काम र योजनाहरू आफ्नो वार्डमा लागु गर्ने गरी काम गर्ने तयारी गरिरहेको समेत वडाध्यक्ष जैशीले बताए ।

    वार्डको काममा आफूहरू सबै मिलेर काम गरिरहेको वार्ड नम्बर ४ को महिला सदस्य तथा कार्यपालिका सदस्य शर्मिला श्रेष्ठले बताइन् ।
    वार्डमा धेरै कामहरू हुने र सबै कामहरू वडाध्यक्ष एक्लैले गर्न नसक्ने भएकाले सबै सदस्यहरूले आआफ्नो क्षेत्रबाट मिलेर जनतामुखी काम गरिरहेको दलित महिला सदस्य विष्णु नेपालीको भनाई छ । वार्ड अध्यक्षको कार्यशैली, काम प्रति सन्तुष्ट रहेको स्थानीयहरूको भनाई छ । पहिलो वर्षमा आफूहरूले सोचेको भन्दा पनि राम्रो काम गरिरहेको बताउँदै आगामी दिनहरूमा धेरै राम्रा योजना समावेश गर्न समेत वडावासीले सुझाव दिएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button