Above Article Ad
  • प्राक्टिकल एक्सन संस्थाद्वारा पुनर्वासमा जलवायु उत्थानशिल कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदिको तटिय क्षेत्रको अध्ययनपछि प्राक्टिकल एक्सन संस्थाले जलवायु उत्थानशिल कार्यक्रम गर्ने भएको छ ।

    आईतबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा नगरपालिकाको सभाहलमा जलवायु उत्थानशिल अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्दै जानकारी गराएको हो ।

    Article inline ad #1
  • कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले बाढि जोखिम क्षेत्र रातोतालमा सेफ हाउस बनाउन केहि बजेट नगरपालिकाले विनियोजन गरेको बताउँदै यसमा प्राक्टिकल एक्सनलाई सहयोगको अपिल गर्दै तपाईहरुले सहयोग गर्दिए हामीले सोचेअनुसारको बनाउन सक्ने जानकारी दिए ।

    Article inline ad #2

    नगर प्रमुख शर्माले दशरथबस्ती,सिमरी,रातोताल र विकासबस्तीका करिब २ सय परिवार बाढिले विस्थापित हुँदै आएको र कुनै एक क्षेत्रलाई मात्र नसमेटी प्याकेजमा अघि बढ्ने समेत सुनाए ।

    त्यस्तै,प्राक्टिकल एक्सनका प्रतिनिधि चक्रबहादुर बमले पुनर्वास नगरपालिकाको धेरै क्षेत्रहरु अति प्रभावित र जोखिम क्षेत्रका रुपमा पहिचान भएको र नगरपालिकाको वार्षिक निति तथा कार्यक्रममा रहेर संस्थाले सहकार्यमा काम गर्ने उनले बताए ।
    प्राक्टिकल एक्सन,बिग्रुप र पेस्वन गरी तीन साझेदार संस्था मिलेर १३ पालिकाहरुमा काम गर्दै आईरहेको जानकारी दिए ।

    त्यसैगरी,संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत रमेश गौतमले जेट जुरिज फाउन्डेसन ईनस्योरेन्स कम्पनीको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन र भेरि वातावरणीय बिशिष्टता समुह पेस्वान बीच मिलेर “बाढि र लु”मा विशेष काम गर्दै आएको बताए ।

    सो संस्थाले कञ्चनपुरको पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका,शुक्लाफाटा नगरपालिका र भिमदत्त नगरपालिकामा काम गर्दै आएको पेस्वनका परियोजना संयोजक दिलबहादुर ढाटको भनाई छ ।
    कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीय र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button