
पुनर्वासका नागरिकले निःशुल्क रगत पाउने
Above Article Content Ad
पुनर्वास । पुनर्वासका नागरिकले निःशुल्क रगत पाउने सम्झौता भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आफ्नो नगर भित्रका नगरिएको उपचारमा सहजताका लागि नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढी र पुनर्वास नगरपालिका बिच सम्झौता भएको हो ।
सो सम्झौता अनुसार पुनर्वासका नागरिकले धनगढीको जुन सुकै अस्पतालमा उपचार गराउँदा रगतको आवश्यक परे नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रबाट निःशुल्क रुपमा ब्लड (रगत) उपलब्ध हुने भएको हो ।
नगरपालिका आफ्नो पालिकाको उपचारमा कुनै पनि किसिमको असहजता नआओस् र आफ्ना नागरिकले खोजेको समयमा सजिलै रुपमा रगत पाउन सकुन् भनेर नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रसँग सम्झौता गरेको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad