पुनर्वासको प्रतिभानगर बजार क्षेत्र सरसफाई (फोटो फिचर सहित )
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित पुरानो बजार प्रतिभानगर बजारमा सरसफाई गरिएको छ ।
शनिबार पुनर्वास नगरपालिका–६ वडा कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा पुनर्वास तथा प्रतिभानगर बजार व्यवस्थापन समितिको सहकार्यमा बजार क्षेत्र सरसफाई गरिएको हो ।
फोहोरले कुरुप बन्दै गएपछि बजार क्षेत्र सरसफाई गरिएको वडाध्यक्ष मित्र सिँह लामाले जानकारी दिनुभयो ।
बजार क्षेत्र सरसफाई हामी सबै स्थानीयको दायित्व भएकाले आफ्नो फोहोर व्यवस्थापन आफै गर्न सके बजारको सुन्दरतालाई समेत कायम राख्ने उहाँको भनाई थियो ।
त्यस्तै सहभागी स्थानियहरुले फोहोर व्यवस्थापनका लागि नगरपालिकाले कुनै निश्चित स्थान तोकेर समयसमयमा फोहोर उठाउने व्यवस्था मिलाईदिए फोहार नियन्त्रण हुने सल्लाह दिएका थिए । कार्यक्रममा जनप्रतिनिधि,नेपाल प्रहरी,सशस्त्र प्रहरी र बजारबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।