
२० जना कृषकलाई सम्मान गर्दै मनाईयो निड्स नेपालको २५ औं वार्षिक साधारण सभा
पुनर्वास–कंचनपुर लगायत विभिन्न जिल्लाका स्थानीय तहहरुसँग साझेदारी गर्दै आईरहेको निड्स नेपाल संस्थाको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक भव्य समारोहका बीच पुनर्वास नगरपालिकाको सभाहलमा संस्थाले आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाबाट व्यवसायीक कृषितर्फ उखु,केरा,तरकारी,मकै खेती र पशुपालनतर्फ बाख्रा पालन गर्ने २० जना कृषकलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान तथा पूर्व नगर प्रमुख,उपप्रमुखले पालिकासँगको समन्वयमा निड्स नेपालले स्थानीयहरुको जिवनस्तर सुधार्नमा ठुलो भुमिका खेलिरहेको जानकारी दिनुभएको थियो ।
उहाँहरुले आगामी दिनमा पनि यस्तै कार्यक्रमले पालिकालाई सर्पोट हुनेछ भन्ने पूर्ण विश्वास रहेको बताउनुभयो ।
“सामाजिक न्याय र समृद्धि सहितको उत्थानशिल समाज” भन्ने नारा सहित स्थापना भएको निड्स नेपालको २५ औं वार्षिक साधारणसभा कार्यक्रमलाई समापन गर्नुहुँदै संस्थाकी अध्यक्ष दुर्गा खरेलले हालसम्म संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवादसँगै आभार प्रकट गर्नुभएको थियो ।
त्यसैगरी,कार्यक्रममा सहभागी समक्ष संस्थाको पृष्ठभुमी र संस्थाले गरिरहेको कार्यको विषयमा डाईरेक्टर भवराज रेग्मीले प्रष्ट पार्नुभएको थियो । भने कार्यक्रम संयोजक सरस्वती पुरीले औपचारिक कार्यक्रमलाई संचालन गर्नुभएको थियो ।