Above Article Ad
  • लागूऔषध दुर्व्यसनविरुद्ध पुनर्वासमा मोटरसाइकल र्‍याली

    Above Article Content Ad
  • पुनर्वास– युवाहरूमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि कञ्चनपुरको पुनर्वासमा क्लबको सहभागितामा जनचेतनामूलक मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

    ‘लागूऔषध मुक्त समाज, सुखी र समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित बेलौरी नगरपालिका–१ थापाचोकबाट सुरु भएको र्‍याली फटिया चोक, कार्गिल डाँडालगायत सीमा क्षेत्रका बस्ती हुँदै पुनर्वास नगरपालिका–९ बिचफाटाको जिरो पोईन्ट पुगेर कोणसभामा परिणत भएको थियो।

    Article inline ad #1
  • त्रिभुवन युवा क्लबका सचिव उपेन्द्र बस्नेतको सञ्चालन तथा व्यवस्थापन र सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङको संयोजनमा सम्पन्न कार्यक्रममा प्याराताल युवा क्लबका सचिव राजेश नेपालीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

    Article inline ad #2

    कार्यक्रमका सहजकर्ता बस्नेतले समाजमा युवाहरुमा लागू औषध दुर्व्यसनीको डरलाग्दो रुपलाई नियन्त्रण गर्न सबैको भुमिका आवश्यक रहेको भन्दै कार्यक्रम आयोजना गरिएको बताए ।

    कार्यक्रममा सहभागी शिक्षक शिवराज पाण्डेय र युवा लिडर सुरेश सिंहले लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि युवा तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

    र्‍यालीमा स्थानीय २० वटा युवा क्लब तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6