
जगतमाता कालिका मन्दिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित जगतमाता कालिका मन्दिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार पुनर्वास नगरपालिकाकी पुर्व नगर उपप्रमुख शारदा बिष्ट धामीको प्रमुख आतिथ्यतामा मन्दिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथी पुर्व नगर उपप्रमुख बिष्टले सबैले आफ्ना धर्मका धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।
मन्दिरमा कुनै पर्वलाई मात्रै नपर्खी नियमित पुजाआराधाना,सत्संग गर्न सके भावी पिढिमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने उहाँको भनाई थियो ।
त्यस्तै, कार्यक्रममा आसिन अधिकाँश अतिथीहरुले अहिलेको बदलिँदो परिवेशमा धर्मको रक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँहरुले भन्नुभयो “धार्मिक क्षेत्र सबैको सार्वजनिक हुन् । त्यसकारण यिनिहरुको संरक्षणमा सबैको सहभागिता हुन जरुरी छ ।”
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णबहादुर पौडेलले २५ लाख ६८ हजार २ सय ५५ रुपैयाँ आम्दानी,२६ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ खर्च प्रस्तुत गर्नुभएको थियो ।
मन्दिरलाई विभिन्न रुपमा सहयोग पु¥याउनुहुने मनकारी व्यक्तित्व अर्जुन गुरुङ,विश्वनाथ बिष्ट र कृष्ण तामाङलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको सभाध्यक्षमा सम्पन्न साधारण सभामा समाजसेवीहरु विश्वनाथ बिष्ट,कविवर दिननाथ बराल,कृष्ण तामाङ,लोक बहादुर कार्की,सुर्यबहादुर पौडेल,राधिका कोईराला,गौरब शर्मा लगायतका व्यक्तित्वहरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।
बजारको बीच मध्य भागमा अवस्थित सो मन्दिरले नयाँ कार्यसमिति पाएपछि स्वरुप नै परिवर्तन भएको छ । वि.सं. २०७९ सालमा महायज्ञ सञ्चालन गरी मन्दिरमा मुर्ति स्थापना र सत्संग भवनको निर्माण समेत गरिएको छ ।