
पुनर्वासमा जग्गा किन्न आएका व्यक्तिको आफन्तका घरमा मृत्यु
३ दिनपछि घरमा राखेको शव जनप्रतिनिधि र प्रहरीले थाहा पाए
पुनर्वास- बझाङको केदारस्यु गाउँपालिका-१ का ६० वर्षिय जनक ओड असोज १४ गते भारतको बेङ्गलोरबाट दशै मनाउन र जग्गा नामसारी गर्न नेपाल आए ।
भारतबाट आफ्ना भतिजा संगै धनगढी सम्म आएका ओड ५ कट्ठा जमिन लिने भनेर एकवर्ष अघि बयाना बट्टा गरेका कारण जमिन नामसारी गर्नुपर्ने भन्दै कंचनपुरको पुनर्वास नगरपालिका-४ घ-गाउँ आफन्तकोमा आएको उनका भतिजा झलक ओडले जानकारी दिए ।
आफन्तकोमा १० लाख रुपैयाँ ल्याएर जमिन किन्न पुगेका अंकलको एक हप्तापछि मृत्यु भयो भन्ने खबर पाएको भतिजा झलकले बताए ।
उनका भतिजा झलकले भने, अकस्मात मृत्यु भयो भन्ने खबर आयो के भयो अचम्म लाग्यो । बाढी पहिराले पहाडमा नेटवर्क पनि थिएन, मृत्युको थाहा पाएपछि म पुनर्वास आए ।
त्यस्तै मृतकका विषयमा पुनर्वास नगरपालिका-४ का पानबहादुर ओडले आफुसंग जमिनको कारोबार पनि थियो । बेङ्गलोरबाट आउँदा पहाड जान्छु र उताबाट फर्किएर जमिनको हिसाब किताब गरौला भन्ने हिसाबले आएका तर धनगढीमा खाना खाईसकेपछि भतिजा र भाउजु पहाड गए उनी मेरो घर आए । दशै यतै मनायौ,उसरी राम्रै मान्छे हो, मेरो ओड खान्दानकै मान्छे हो । भने,
उनलेे राती आफुसंगै खाना खाएर जेठा दाईको घरमा सुत्न आए, २३ गते बिहान ६ बजे उठेर ट्वाईलेट जानुभयो, त्यसपछि आएर बाहिर बरन्डाको कुर्सीमा बसेका थिए । त्यै कुर्सीमा उहाँले परान फाल्नुभएको रैछ । भगवान जाने के भयो ।म उठेकै थिएन । म उठेर हेर्दा खेरीमा मान्छे हलचल छैन क्यै छैन ।अनि उनका भाईको नम्बर थियो, बिहानै बेङ्गलोरमा जानकारी दिए, त्यसपछि मैले पहाड तिर पनि खबर गरिसके,४/५ जना टेक्सी हानेर आईसकेका छन् , राती कुरिदिनुपर्यो हजुर हाम्रा मान्छे पुग्दैछन भनेपछि सिधा मनले प्रशासन कसैलाई जानकारी नदिई लास कुरेर बस्यौ । मान्छे आउने हुन कालगती मरेका हुन् अरु घटना घटेको हैन
भन्ने भएर जानकारी दिईन त्यै पछुतो लागेको हो ।विश्वखोज संगको कुराकानीमा बताए ।
यता स्थानीयहरुले वडाध्यक्षको उम्मेदवार समेत उठेका व्यक्तिको घरमा ३ दिनसम्म मरेको लास राख्दा प्रहरी र जनप्रतिनिधि कसैलाई खबर नगर्नु निकै ठुलो गलत हो भन्दै टिकाटिप्पणी गरिरहेका थिए ।
तर घटना बारे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जनप्रतिनिधि र हामीलाई खबर नगरेरै उहाँहरुले मृतकको शरिर २३गते देखि घरमै राखेको रहेछ । अहिले (२५ गते) हामीलाई खबर भएपछि शबलाई मृतकका आफन्त र जनप्रतिनिधिको रहोबरमा पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठायौ। बाकी अनुसन्धान गरिरहेको बताए ।