Above Article Ad
  • पुनर्वास नगरपालिकाको १७ औं नगरसभाबाट सम्मानित भए “लोगो” डिजाइनर विश्वकर्मा

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यालयले नगरपालिकाको “लोगो” डिजाइन गर्ने डिजाइनरलाई सम्मान गरेको छ।

    मङ्गलबार सम्पन्न नगरपालिकाको १७ औं नगर सभाबाट लोगो डिजाइन गर्ने पुनर्वास नगरपालिका-६ स्थित साइरेक्स कम्प्युटरका सञ्चालक रमेश विश्वकर्मालाई नगद सहित सम्मान गरेको हो।

    Article inline ad #1
  • डिजाइनर बिकलाई नगरसभाका सभामुख तथा नगर प्रमुख तोयप्रसाद शर्माको बाहुलीबाट नगद २० हजार, दोसल्ला र सम्मान-पत्रले सम्मान गरिएको थियो ।

    Article inline ad #2

    नगरपालिकाले डिजाइनर विश्वकर्माको कलाको उच्च सम्मान गर्दै आगामी दिनहरूमा पनि यस विद्यामा अझै अग्रणी स्थान पाइयोस् भन्दै शुभकामना समेत दिएको छ ।
    नगरपालिकाको सम्मानपछि उहाँ फेसबुकमा लेख्नुहुन्छ,
    “मेरो वर्कत र ल्याकतले भ्याएसम्म पुनर्वास नगरपालिका को लोगो बनाए, छनौट गर्नुहुने छनौट समिती र सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरुलाइ धन्यवाद, लोगो निर्माणको क्रममा सल्लाह दिनुहुने सम्पूर्णमा हार्दिक आभार, बधाई तथा शुभकामना दिनुहुने सबैलाइ सादुभाव । जय पुनर्बास ”

    डिजाइनर विश्वकर्मा सहित १२ जना डिजाइनरको आवेदन परेकोमा नगरपालिकाको भौगोलिक, धार्मिक, रीतिरिवाज र प्राकृतिक सम्पदा लगायतका क्षेत्रलाई समेटेर बनाएको लोगो भने डिजाइनर रमेश विश्वकर्माको मात्रै थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by