Above Article Ad
  • कक्षा १२ को नतिजामा एक लाख बढी विद्यार्थी फेल

    Above Article Content Ad
  • काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो । परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी चार लाख १८ हजार १७० जना सहभागी भएका थिए ।

    जसमध्ये दुई लाख ६८ हजार १९० जना अर्थात् ६९ दशमलब ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नियमिततर्फ दुई लाख ३१ हजार ७७० अर्थात् ६४ दशमलब १३ प्रतिशत र आंशिकतर्फ ३६ हजार ४२० अर्थात् ४२ दशमलब ३८ प्रतिशत विद्यार्थी पास भएका हुन् ।

    Article inline ad #1
  • यस्तै, एक लाख ४७१ जना परीक्षार्थी ननग्रेड (फेल) भएका छन् । बोर्डले परीक्षामा अमर्यादित गतिविधि गर्ने नियमितका ३० र आंशिकका दश गरी ४० जनाको परीक्षा रद्द गरिएको पनि बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6