Above Article Ad
  • लगातारको वर्षाले सुदूरपश्चिमका विभिन्न सडकखण्ड प्रभावित, कतै यातायात सुचारु कतै अवरुद्ध

    Above Article Content Ad
  • धनगढी — लगातारको वर्षा, पहिरो तथा नदीमा आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।

    डडेल्धुराको भीमदत्त राजमार्गअन्तर्गत जोगबुडा–बुडर सडकखण्ड पहिरोका कारण अवरुद्ध भएकोमा जेसीबीको सहयोगमा सडक हटाएर यातायात सुचारु गरिएको छ।
    अछामको चौरपाटी गाउँपालिका–६ अन्तर्गत सेलपाखा क्षेत्रमा सडक भासिँदा चौखुट्टे–साँफेबगर सडकखण्डमा यातायात अवरुद्ध भएको छ।

    Article inline ad #1
  • त्यस्तै बाजुराको बडीमालिका–१ कारागार मोडमा पहिरो खस्दा बाजुरा– अछाम, चाैरपाटी गा पा वडा नं.६ अन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट चाैखुट्टेकाे वडा यरीयामा सेलपाखा क्षेत्रमापर्ने चाैखुट्टे–साँफेबगर जोड्ने मुख्य सडकखण्डमाअविरल वर्षाका कारण सडक भासिन गई सवारी साधनहरू आवतजावत तथा क्रस हुन नसक्ने अवस्था रहेकाे ।
    सुदुरपश्चिम ट्राफिक प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिनुभयो ।

    Article inline ad #2

    कञ्चनपुरमा महाकाली नदीको बहाव बढेर १ लाख १७ हजार ७४४ क्युसेक पुगेपछि गड्डाचौकीबाट चोरपाटीसम्मको सवारी आवागमन बन्द गरिएको छ। बैतडीको पाटन–१ गैराखानामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ।
    लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न सडकखण्डमा जोखिम बढेको भन्दै सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

    निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज कार्कीले बताउनुभयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6