Above Article Ad
  • काभ्रेमा बाढीले बगेर बेपत्ता रेणुकाको चौथो दिन, प्रहरीले लियो कुकुरको सहयोग

    Above Article Content Ad
  • काभ्रे – काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ । उनलाई खोज्न प्रहरीले आजदेखि तालिमप्राप्त कुकुर प्रयोग गरेको छ ।

    वैशाख २९ गते खेतमा काम गरेर घर फर्किंदै गर्दा उनलाई घर नजिकैको खोल्सा जस्तो खहरे खोलाले बगाएको थियो ।घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् । उनीहरुलाई स्थानीयले पनि सघाइरहेका छन् ।

    Article inline ad #1
  • बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न सकेको छैन । आज बिहीबार चौथो दिनदेखि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ ।काभ्रेमा वैशाख २९ गते मध्यम खालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा सडक, खानेपानी तथा कृषि क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by