Above Article Ad
  • कञ्चनपुरमा अचेत भेटिएका युवकको मृत्यु

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।

    आइतबार राती बेलडाँडी गाउँपालिका २ क्याममा अचेत अवस्थामा भेटिएका २७ वर्षीय महेश धामीको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
    कृष्णपुर नगरपालिका २ बङ्क घर भएका धामी क्याम नजिक सडक किनारमा अचेत अवस्थामा भेटिएका थिए । सुरुवातमा पहिचान नखुलेको युवकलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडीमा पुर्याएका थिए ।

    Article inline ad #1
  • गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्यही राखिएको छ ।

    Article inline ad #2

    सुरुवातमा युवकको हालसम्म समेत पहिचान खुल्न सकेको थिएन । बेलडाडी प्रहरीका अनुसार धामी रोजगारीको क्रममा भारतमा थिए । धामी एक साता अघिमात्रै घर आएका थिए ।

    धामीका आफन्त बेलडाडी गाउँपालिका ५ झिलमिला बस्दै आएका थिए । यहि बस्दै आएका धामीको परिवार त्यहाँ घरजग्गा बिक्री गरेर भारतमै बस्दै आएका थिए भने अस्थायी रुपमा बङ्कमा घर बनाइ बसिरहेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6