Above Article Ad
  • पुनर्वास सहकारीद्वारा विश्व दुध दिवसको अवसरमा कृषकहरुलाई घाँसको बिँउ वितरण

    Above Article Content Ad
  • पुनर्वास– “दिर्घ जीवन गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन” भन्ने नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका–६, स्थित पुनर्वास सहकारी संस्था लिमिटेडले विश्व दुध दिवसको अवसरमा कृषकहरुलाई घाँसको बिउँ बितरण गरेको छ ।

    बुधबार संस्थाले एक अन्तक्रिया कार्यक्रमको आयोजना गदै दुध उत्पादन गरी सहकारीमा बिक्रि गर्ने १ सय २२ जना कृषकहरुलाई टियोसेन्टी नामक उन्नत जातको घाँसको बिउँ वितरण गरेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • कृषकलाइ बिउँ बितरण गर्दै कार्यत्रफमका प्रमुख अतिथि भरत बिष्ट

    सहकारीका अध्यक्ष परशुराम बिश्वकर्माको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिमा केन्द्रिय दुग्ध उत्पादक संघका सञ्चालक सदस्य भरत बिष्ट रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा पुनर्वास–६ का वडाध्यक्ष मित्रसिँह लामा र अतिथिमा पशु सेवा शाखा प्रमुख अनिता बुढाथोकी केसी आसिन रहेकी थिईन ।

    Article inline ad #2
  • कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले सहकारीले कृषकहरुका लागि निकै सहलियतपुर्ण र संस्थामा आर्कषण किसिमका कार्यक्रम आयोजना गर्दै आएको बताए । त्यस्तै बिशिष्ट अतिथी वडाध्यक्ष लामाले सहकारीले आगामी दिनमा कृषकहरुलाई प्रोत्साहनमुखी कार्यक्रम ल्याए वडाबाट सकिने सहयोग गर्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै अध्यक्ष बिश्वकर्माले संस्थाले विगत देखि नै आफ्ना सहकारीमा आवद्ध शेयर सदस्य तथा कृषक मुखी कार्य गर्दै आएको बताए ।

    “स्थानिय सरकारले अनुदानका कार्यक्रमहरु सोझै कृषकलाई वितरण गर्नु भन्दा सहकारी मार्फत वितरण गर्न सके अझै प्रभावकारी हुन्छ ।” उनले भने, “संस्थाका लागि चिस्यान केन्द्र र प्रतिलिटर ३ रुपैँयाका दरले कृषकलाई अनुदान दिने विषयमा नगरपालिकामा पहल गर्छु ।”

    दुधको बिक्रि परिमाण अनुसार कृषकलाई एक किलो देखि पाँच किलो सम्म घाँसको बिउँ वितरण गरेका सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठले जानकारी दिए । सयौंको संख्यामा कृषकहरुको उपस्थिती रहेको सो कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक श्रेष्ठले गरेका थिए ।

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button