Above Article Ad
  • पुनर्वासमा महाकाली कृषक समूहद्वारा बिस लाखका कृषि उपकरण वितरण

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकाका कृषकहरुलाई बिस लाख बराबर मूल्यको कृषि उपकरणहरु वितरण गरेको छ ।

    सोमबार पुनर्वास नगरपालिका–९, ख–गाउँमा अवस्थित महाकाली कृषक समूहद्वारा नगरपालिका कृषि विकास शाखाको ५० प्रतिशत र समूहको ५० प्रतिशत लागत गरी बिस लाखका कृषि उपकरण वितरण गरेको हो ।

    Article inline ad #1
  • कार्यक्रममा तोरी पेल्ने मिल, हैरो,रोटाभेटर,मिड पलाउ, टेन्चर, कल्टीभेटर, एम.बि.पल्लो राजाहल, डेलिभरी पाईप, पम्पसेट, मोटर र समरसेल बोरिङ लगायतका १३ उपकरणहरु वितरण गरिएको थियो ।

    Article inline ad #2

    कार्यक्रममा बोल्दै नगर प्रमुख तोयप्रसाद शर्माले समुहबाट पाएका उपकरणहरुको दुरुपयोग नगरी सहि सदुपयोगका साथ गाउँ छिमेकमा समेत सबैले मिलेर प्रयोग गर्न अनुरोध गरेका छन् ।
    “प्रायः जसो समुहले आएका बजेट घोप्ल्याउने किसिमको काम हुन्छ ।”उनले भने, “यस्तो नसुन्नियोस, बरु राम्रो गर्दा अझै नगरपालिकाबाट सक्ने सहयोग गर्छौ ।”
    त्यस्तै नगरपालिकाका प्रशासन अधिकृत सार्कीले उपकरणहरुको प्रयोग गर्दै कृषिबाट आफ्नो आर्थिक उन्नती तर्फ सुधार हुनेछ भन्ने विश्वास लिएको बताए ।

    उक्त कार्यक्रम पुनर्वास नगरपालिकामै पहिलो कार्यक्रम भएको कृषि विकास शाखा प्रमुख कर्ण बहादुर शाहीले जानकारी दिए । उनले कृषकहरुले राम्रो गर्दै गए आगामी दिनमा अझै यस्ता अनुदानका कार्यक्रम पर्न सक्ने सुनाए ।

    तेलहन बाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत पुनर्वास शाखाको आयोजनामा वितरण गरेको सो कार्यक्रममा समुहका अध्यक्ष भीम ऐडीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो भने बिशिष्ट अतिथीमा प्रशासन अधिकृत धौलराम सार्की र पुनर्वास–९ का वडाध्यक्ष नरबहादुर बि.क. रहेका थिए । त्यस्तै अतिथीहरुमा कृषि विकास शाखा प्रमुख कर्ण शाही लगायतका व्यक्तिहरु आसिन थिए ।

    समुहका सचिव सुरेश कुवँरको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन कृषि विकास शाखाका कर्मचारी उदयराज ओझाले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by