
पुनर्वासको अरनिकोबस्तीमा पत्थरीको अपरेसन गरेकी धनमायालाई खाद्यान्न सहयोग
पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका–२, अरनिकोबस्तीमा रहेको एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
मंगलबार पौष २५ गते पत्थरीको अपरेशन गरेकी अरनिकोबस्तीकी धनमाया लामालाई खाद्यान्न अभावको खबर पाएपछि स्थानीयले खाद्यान्न सहयोग गरेका हुन् ।
करिब २० दिन अघि पित्तथैलीमा २२ mm को पत्थिरी देखिएर अपरेसन गरेकी लामालाई दैनिकी खानालाई समेत खाद्यान्न अभाव भएपछि आर्थिक सहयोग र खाद्यान्न सहयोग गरिएको युवा नेता तथा समाजसेवी रबिन्द्र तामाङले जानकारी दिए ।
अवस्था निकै दयनीय थियो । अपरेशन भएर खानलाई समेत समस्या भएको छ भन्ने सुन्यौ,
त्यसपछि हामीले खाद्यान्न अन्तर्गत चामल,दाल,तेल,जुस,नुन,अण्डा र चाउचाउसँगै नगद घरमै गएर सहयोग गरेका हौँ । उनले भने,
खाद्यान्न समाजसेवी मनु तामाङ, समाजसेवी सुभाष भण्डारी, नेपाली सेनामा कार्यरत डा.मोसा तामाङ र युवा नेता तथा समाजसेवी रवीन्द्र तामाङको संयुक्त सहयोगमा सो राहत स्वरुपको खाद्यान्न सहयोग गरिएको थियो ।
विपन्न परिवारकी धनमायाले आफु अपरेसन गरि अशक्त भएको र खानलाई खाद्यान्नको समस्याले भोकै बस्नु परेको बाध्यता सुनाईन । उनले यस्तै सहयोगका लागि सम्पूर्ण मनकारी व्यक्तिहरुलाई अनरोध समेत गरेकी थिईन ।
उनलाई सहयोग गर्न चाहने मनकारी व्यक्तिहरुले युवा नेता तथा समाजसेवी रबिन्द्र तामाङलाई ९८०६७८३१८५ मा सम्पर्क गर्न सकिनेछ ।















