Above Article Ad
  • भारी वर्षा र बाढीको जोखिम बढेपछि बेलौरीमा २४ घण्टा आपतकालीन केन्द्र सञ्चालन

    Above Article Content Ad
  • कञ्चनपुर-भारी वर्षा, बाढी तथा डुबानको सम्भावनालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) लाई २४ घण्टा सञ्चालनमा ल्याएको छ।

    जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा भारी वर्षा हुनसक्ने तथा बाढी र जलमग्नताको जोखिम रहेको पूर्वानुमान जारी गरेपछि सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि LEOC चौबीसै घण्टा सञ्चालनमा राखिएको नगरपालिकाले जनाएको छ।

    Article inline ad #1
  • नगरपालिकाका अनुसार बाढी, डुबान वा अन्य कुनै आपतकालीन अवस्था सिर्जना भएमा तत्काल सूचना दिन, आवश्यक सहयोग लिन तथा सम्बन्धित निकायसँग समन्वय गर्न LEOC मा सम्पर्क गर्न सकिनेछ।

    Article inline ad #2

    नगरपालिकाले नदी तथा खोलाको किनार, डुबानको जोखिम रहेका क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानमा नजान नगरवासीलाई आग्रह गरेको छ। साथै, सम्बन्धित निकायबाट जारी हुने पूर्वसूचना तथा निर्देशनको पालना गर्नसमेत अनुरोध गरिएको छ।

    आपतकालीन सम्पर्क नम्बर:
    LEOC: ९८०१३८५६७४, ९८४८७५४००८, ९८०१७१४५४६
    नगरपालिका कार्यालय: ९८५८७२७१११

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6