Above Article Ad
  • नेपाल-भारत सीमा नाकामा भारतीय प्रहरीद्वारा २३ हजार रुपैयाँ बराबरको कपडा बरामद

    Above Article Content Ad
  • धनगढी- भारतको उत्तर प्रदेशस्थित गौरीफन्टा प्रहरीले नेपाल-भारत सीमा क्षेत्रमा चेकजाँचका क्रममा दुई नेपाली महिलाको साथबाट करिब २३ हजार भारतीय रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ।

    ‘कवच योजना’ अन्तर्गत अपराध, अपराधी तथा भारत–नेपाल सीमामा हुने अवैध तस्करी नियन्त्रण गर्ने अभियानका क्रममा शनिबार, २२ अगस्ट २०२६ मा गौरीफन्टा प्रहरीले डिगनिया तिराहामा चेकजाँच गरेको थियो।

    Article inline ad #1
  • चेकजाँचका क्रममा नेपालका बर्दिया जिल्लाको गेरुवा- १ की एक तथा कञ्चनपुरको लालझाडी- १ की अर्की महिलाबाट २२ थान कपडा र १ थान सुटको कपडा बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।

    Article inline ad #2

    बरामद सामानको अनुमानित मूल्य करिब २३ रुपैयाँ रहेको बताइएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामानलाई कस्टम कार्यालय पलियामा बुझाएको छ।

    बरामदगीमा गौरीफन्टा प्रहरी चौकीका उपनिरीक्षक वीर प्रताप सिंह, प्रहरी जवान मोहम्मद समीद र महिला प्रहरी शालिनी यादव सहभागी थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6