Above Article Ad
  • डिडिसीले दुधको पैसा रोकेपछि पुनर्वास सहकारीद्वारा हातमा कालोपट्टी बाँधेर विरोध

    Above Article Content Ad
  • पुनर्वास–किसानले सहकारी मार्फत बिद्विक्र गरेको दुधको रकम लामो समयदेखि भुक्तानी पाएका छैनन् ।
    दुग्ध विकास संस्थान (डिडिसी) ले पौष महिना देखि दुधको भुक्तानी रोकेपछि सोमबार पुनर्वास सहकारीका कर्मचारी तथा पदाधिकारीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।

    सहकारीले डेढ महिना देखि किसानलाई दुधको भुक्तानी दिन नसकेको सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठले जानकारी दिए ।
    व्यवस्थापक श्रेष्ठले यस अघि किसानलाई महिनामा दुईपटक दुधको भुक्तानी दिने गरेको बताए ।

    Article inline ad #1
  • त्यस्तै सहकारीका अध्यक्ष भरतबहादुर बिष्टले डिडिसीका कारण किसानलाई मार्का पर्न थालेको बताए ।
    दुग्ध सहकारीको केन्द्रैबाट आन्दोलनका कार्यक्रमहरु सार्वजनिक भएको र हामी पनि आजबाट निरन्तर रुपमा विरोधको ऐक्यबद्धता जनाउँदै हातमा कालोपट्टी बाँधेर सुरुवात गरिएको उनको भनाई छ ।

    Article inline ad #2

    पुनर्वासको शिवशक्ति दुग्ध सहकारी,पुनर्वास सहकारी,शुभेच्षा पशुपालन सहकारी र पृथ्वीबस्तु पशुपालन सहकारीबाट मात्रै महिनामा झण्डै ४० हजार लिटर दुध संकल गरी डिडिसीले उठाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button