Above Article Ad
  • कैलाली र कञ्चनपुरबाट ६ लाख ६२ हजारभन्दा बढीका अवैध सामान बरामद

    Above Article Content Ad
  • धनगढी- कैलाली र कञ्चनपुरबाट ६ लाख ६२ हजारभन्दा बढीका अवैध सामान बरामद गरिएको छ।

    कैलालीको विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य ५ लाख ९३ हजार ७३० बराबरका बिडी, सुर्ती, विभिन्न किसिमका कपडा, किरानालगायतका सामान प्रहरीले बरामद गरेको हो। शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सामान नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #1
  • यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६ वैशाखाबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य ६९ हजार १०० बराबरका बिडी, सुर्ती, कपडा तथा किरानालगायतका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कुल ६ लाख ६२ हजार ८३० को अवैध सामान दुवै जिल्लाबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6