Above Article Ad
  • कडा मेहनतको बलमा सुदूरपश्चिमका उद्वब लुहार बने प्रहरी निरीक्षक

    Above Article Content Ad
  • कञ्चनपुर-कडा मेहनत, दृढ आत्मविश्वास र निरन्तर संघर्षको बलमा सुदूरपश्चिमका उद्वब लुहार नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा छनोट हुन सफल भएका छन्।

    करिब ३ हजार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले खुला प्रतिस्पर्धाबाटै इन्स्पेक्टरमा आफ्नो नाम दर्ता गराएका हुन्।

    Article inline ad #1
  • डडेल्धुराको पर्शुराम नगरपालिका–४ स्थायी घर भएका लुहारले खुलातर्फको योग्यताक्रममा ८औं नम्बरमा नाम निकाल्न सफल भएका हुन्।

    Article inline ad #2

    दलित समुदायबाट प्रतिनिधित्व गर्ने लुहारले समावेशी कोटामा मात्र निर्भर नभई खुलातर्फ नै उत्कृष्ट नतिजा ल्याएर आफ्नो क्षमता र प्रतिभा प्रमाणित गरेका छन्। उनको यो उपलब्धिले मेहनत र लगनशीलताले अवसरको ढोका खोल्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ।

    उनले धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक (B.Sc.) उत्तीर्ण गरेका छन्। शैक्षिक पृष्ठभूमि बलियो बनाएका लुहारको यो सफलताले सुदूरपश्चिम र समग्र दलित समुदायका लागि ठूलो प्रेरणा
    मिलेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6