Above Article Ad
  • रुसमा शक्तिशाली भूकम्प

    Above Article Content Ad
  • अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधवार बिहान गएको छ।

    भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
    अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे (२३०४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो।

    Article inline ad #1
  • रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ।

    Article inline ad #2

    भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ।

    “भित्ताहरू हल्लिरहेका थिए”, एलिजोभ्स्कीकी एक बासिन्दाले राज्य मिडिया ज्वेज्दालाई भने “राम्रो कुरा के हो भने हामीले सुटकेस तयार पारेका थियौँ, ढोकानजिकै पानी र लुगाफाटासहितको एउटा सुटकेस थियो। हामीले तुरुन्तै त्यो उठायौँ र बाहिर भाग्यौँ… यो धेरै डरलाग्दो थियो ।”

    जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ। होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो।

    दिउँसो (०३०० जिएमटी) सम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन। हवाईमा होनोलुलुका मेयर रिक ब्लान्गियार्डीले बासिन्दाहरू र हजारौँ आगन्तुकहरूलाई भवनहरूको माथिल्लो तलामा वा उच्च ठाउँमा सुरक्षित रहन भने।

    “मानिसहरूले समुद्री किनारमा बस्नु हुँदैन, र म फेरि एक पटक भन्छु, हुँदैन, जस्तो हामीले विगतमा देखेका छौँ, सुनामी कस्तो देखिन्छ भनेर हेर्नका लागि आफ्नो जीवन जोखिममा पार्नुहुँदैन”, गभर्नर जोश ग्रिनले भने, “यो सामान्य छाल होइन। यदि तपाईँ सुनामीको चपेटामा पर्नुभयो भने यसले वास्तवमा तपाईँलाई मार्नेछ।”

    – प्रशान्त चेतावनीहरू 
    बुधवारको भूकम्प कामचटका क्षेत्रमा सन् १९५२ पछि सबैभन्दा शक्तिशाली थियो । क्षेत्रीय भूकम्प निगरानी सेवाले ७.५ म्याग्निच्युडको परकम्पनको चेतावनी दिएको छ।

    एसजिएसका अनुसार भूकम्पको केन्द्रविन्दु त्यही वर्षको विशाल ९.० म्याग्निच्युडको भूकम्पको लगभग समान ठाउँमा छ। त्यस वर्षको भूकम्पले प्रशान्त–व्यापी सुनामी निम्त्याएको थियो।

    कम्तीमा छ वटा परकम्पनले यस क्षेत्रलाई थप हल्लाएको छ। यसमा ६.९ म्याग्निच्युडको एउटा र अर्को ६.३ मा सूचीबद्ध छ। मेरिकी सुनामी चेतावनी केन्द्रहरूले इक्वेडर, उत्तरपश्चिमी हावाइयन टापुहरू र रुसका केही तटहरूमा ज्वारभाटाको स्तरभन्दा तीन मिटरभन्दा माथिका छालहरू आउन सक्ने बताएका छन।

    चली, कोस्टारिका, फ्रेन्च पोलिनेसिया, गुआम, हवाई, जापान र प्रशान्त महासागरका अन्य टापु र टापु समूहहरूका केही तटहरूमा एकदेखि तीन मिटरको छालहरू आउन सक्ने बताइएको छ।
    अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, न्युजिल्यान्ड, टोङ्गा र ताइवानसहित अन्य ठाउँमा एक मिटरसम्मको लहर आउन सक्ने सम्भावना छ।

    यसले सम्भावित अवस्थाहरूलाई ‘खतरनाक’ भनेर वर्णन गरेको छ। जापानको चिबा प्रान्तको इनेज बिचमा एक सुरक्षा परिधि स्थापना गरिएको थियो र एक उद्धारकर्मीले अर्को सूचना नआएसम्म समुद्री किनार प्रतिबन्धित रहेको बताए।

    “मैले त्यहाँ सुनामी आउने आशा गरेको थिइनँ; हामीले (चेतावनी) सुनेपछि मैले वास्तवमा यसको बारेमा मजाक गरेँ”, क्यानाडाली पर्यटक १७ वर्षीया लिना लुसियरले भने “हामी यहाँ पौडी खेल्ने आशामा आएका थियौँ, तर सुनामीको चेतावनी जारी भएको सुनेपछि हामी भित्र जान सकेनौँ, पानीको नजिक पनि जान सकेनौँ”, स्थानीय ३५ वर्षीया टोमोयो फुजिताले आफ्नी छोरीलाई लिएर त्यस क्षेत्रबाट निस्किँदा भन्नुभयो।

    टेलिभिजन फुटेजमा समुद्र तटमा धेरै ह्वेलहरू बगाएको देखाइएको छ। सन् २०११ मा ठूलो भूकम्प र सुनामीले ध्वस्त पारेको उत्तरपूर्वी जापानको फुकुसिमा आणविक संयन्त्रमा कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको यसका सञ्चालकले बताए।

    – परकम्पनहरू –
    स्थानीय एएफपी पत्रकारहरूका अनुसार क्यालिफोर्नियामा मोबाइल फोनहरूमा सुनामी अलर्टहरू पठाइएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भन्नुभयो, “बलियो रहनुहोस् र सुरक्षित रहनुहोस् !”

    हवाईको लोकप्रिय वाइकिकी सर्फ समुद्री किनार नजिकै सुनामी साइरन बज्यो । त्यहाँ एएफपी फोटोग्राफरले हवाईवासीहरू उच्च भूमिमा भाग्दा ट्राफिक जाम भएको अवलोकन गरे।
    अमेरिकी सुनामी चेतावनी केन्द्रहरूले सम्पूर्ण अमेरिकी राज्य हवाईका लागि यसको सर्वोच्च स्तरको अलर्ट सुनामी चेतावनी जारी ग¥यो। यहाँ पहिलो छालहरू स्थानीय समय साँझ ७ः१७ बजे (०५१७ जिएमटी) मा आउने अपेक्षा गरिएको छ।

    “मानिसहरूलाई समुद्री किनारबाट टाढा रहन र तटमा नजान सल्लाह दिइएको छ”, भूकम्पीय केन्द्रले चेतावनीमा भन्यो जहाजहरूलाई दुई मिटरसम्म छालहरूको अपेक्षित आगमन अघि खुला पानीमा जान आदेश दिइएको थियो भने होनोलुलुका सरकारी कर्मचारीहरूलाई चाँडै घर पठाइएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6