
जिप दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु
Above Article Content Ad
काठमाडौं– मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन् । मुख्य न्यायाधीश डाँगी र चालक छुनिलाल चौधरीको भने हेटौँडामा उपचार भइरहेको छ ।
गम्भीर अवस्थाका चार जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि छाउनी ल्याइएको थियो ।
Article inline ad #1
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















