Above Article Ad
  • अलंकार पब्लिक स्कुलको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८ मा अवस्थित अलंकार पब्लिक स्कुलको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    बुधबार एक भव्य कार्यक्रमका बीच स्कुलको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

    Article inline ad #1
  • स्कुल व्यवस्थापन समितिका अध्यक्ष चक्र प्रसाद ओझाको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको अतिथीमा पिटिए सदस्य श्याम परियार,समाजसेवी सुरज सुनार ,समाजसेवी धनसिंह खत्री,समाजसेवी कृष्ण बिष्ट ,समाजसेवी गगन सिंह दियाल,रामबहादुर माली, बमबहादुर जेठारा,सन्तोष नेपाली,यज्ञराज ओझा लगायतको उपस्थिति थियो ।

    Article inline ad #2

    शिक्षिका कोपिला अमगाईको स्वागत मन्तव्यसंगै सुरुभएको कार्यक्रममा शिक्षिका निलम खत्रीले स्पिच प्रस्तुत गर्नुभएको थियो ।

    प्रीन्सिपल पुष्पराज ओझाले विद्यालयको प्रगतिका विषयमा चर्चासंगै  बिद्यार्थीहरुका आचरण, शैक्षिक अवस्था र अभिभावकहरुले आफ्ना बच्चाहरुको पढाई तर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रमको समापन समारोहमा अभिभावकहरुका लागी  कुर्ची चाल,डोरी तान्ने लगायतका खेल आयोजना गरिएको थियो । त्यस्तै, विद्यार्थीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

    वार्षिकोत्सवको अवसरमा  तीन दिन देखि सञ्चालन भएका स्कुल स्तरीय खेलकुदका पुरस्कार समेत वितरण गरिएको थियो ।

    अभिभावक,विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षक बल बहादुर बि.क.ले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by