Above Article Ad
  • इरानसँगको युद्ध छिट्टै समाप्त हुने ट्रम्पको दाबी

    Above Article Content Ad
  • वासिङ्टन डिसी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध निकै छिट्टै समाप्त हुने दाबी गरेका छन्।

    दुई देशबीच जारी तनाबका बिच मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानमार्फत इरानले आज बिहीबार अमेरिकी प्रस्तावमाथि आफ्नो आधिकारिक जवाफ पठाउने तयारी गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाले पठाएको प्रस्तावमाथि आफ्नो राय पाकिस्तानी मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरिने जानकारी दिएका छन्।

    Article inline ad #1
  • सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इरान दुवै पक्ष यतिबेला युद्ध अन्त्य गर्नका लागि एउटा सहमतिमा पुग्ने दिशामा अघि बढिरहेका छन्। यद्यपि, इरानले भने अहिले नै अमेरिकाको प्रस्ताव पूर्ण रूपमा स्वीकार गरिनसकेको र यसका विभिन्न बुँदाहरूमाथि आन्तरिक छलफल र विचार गरिरहेको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6