Above Article Ad
  • जिप दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु

    Above Article Content Ad
  • काठमाडौं– मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
    मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन् । मुख्य न्यायाधीश डाँगी र चालक छुनिलाल चौधरीको भने हेटौँडामा उपचार भइरहेको छ ।
    गम्भीर अवस्थाका चार जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि छाउनी ल्याइएको थियो ।

    Article inline ad #1
  • काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6