Above Article Ad
  • डोटीमा छोरीमाथि करणी गर्ने बुवा पक्राउ, छोरी गर्भवती भएपछि खुल्यो रहस्य

    Above Article Content Ad
  • धनगढी– डोटीमा आफ्नै बुवाको करणीबाट छोरी गर्भवती रहेको रहस्य खुलासा भएको छ ।

    डोटीको दिपायल सिलगढी नगरपालिकाका ४५ वर्षीय बुवाले आफ्नै २१ वर्षीया छोरीमाथी करणी गरेको रहस्य बाहिरीएको हो । युवती जव पेट दुखेको समस्या लिएर अस्पताल पुगीन तब मात्रै यो रहस्य खुलेको हो ।

    पेट दुखेपछि उनका बुवाले नै अस्पताल पुर्याए । उनको स्वास्थ्य परीक्षणका क्रममा करिब १० हप्ताको गर्भ रहेको पुष्टि भएपछि चिकित्सकले थप सोधपुछ गरेका थिए।

    Article inline ad #1
  • अविवाहित युवती गर्भवती रहेको जानकारी पाएपछि चिकित्सकले घटनाबारे प्रहरीलाई समेत जानकारी गराएका थिए।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार युवतीलाई उपचारका लागि उनका करिब ४५ वर्षीय बुवाले नै जिल्ला अस्पताल पु¥याएका थिए। त्यसपछि प्रहरीले युवती र उनका बुवासँग छुट्टाछुट्टै सोधपुछ तथा अनुसन्धान गर्दा विगतदेखि नै बुवाले छोरीमाथि यौन दुव्र्यवहार गर्दै आएको आरोप सार्वजनिक भएको हो।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट करिब तीन–चार वर्षअघिदेखि नै यस्तो घटना दोहोरिँदै आएको खुलेको छ। त्यसपछि युवतीले आफ्नै बुवाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
    पक्राउ परेका व्यक्ति हाल जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा छन्। युवतीलाई भने सुरक्षाका लागि सेभ हाउसमा राखिएको प्रहरीले जनाएको छ।

    घटनाका बेला आरोपीकी श्रीमतीसमेत परिवारसँगै बस्दै आएको खुलेको छ। श्रीमान पक्राउ परेपछि उनी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्। उनले श्रीमानको कार्यप्रति आक्रोश व्यक्त गरेको प्रहरीले जनाएको छ।

    डोटी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको छ।

    घटनाले परिवारभित्रै हुने यौन हिंसा र लामो समयसम्म लुकाइने यस्ता गम्भीर अपराधप्रति समाज र सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने आवश्यकता देखाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6