Above Article Ad
  • ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने सात जना पक्राउ

    Above Article Content Ad
  • वीरगञ्ज- पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ५५ वर्षीय सुनैन मियाँ, वडा नम्बर १५ का २३ वर्षीय असलम हवारी र वडा नम्बर ११ का २१ वर्षीय रफिक मियाँ रहेका छन्।

    त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर, वडा नम्बर १० का ४६ वर्षीय केशर राम सुनार, वडा नम्बर १४ का ५० वर्षीय मन्द सिंह लामा र २७ वर्षीय उमेश राना मगर पनि पक्राउ परेका छन्।

    Article inline ad #1
  • प्रहरीका अनुसार उनीहरूले वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री–वितरण गर्दै आएका थिए।

    Article inline ad #2

    बिहीबार साँझ करिब ५ः१० बजे वीरगञ्ज–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6