Above Article Ad
  • अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

    Above Article Content Ad
  • धनगढी-अछाममा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन्।

    दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए।

    Article inline ad #1
  • उनकाअनुुसार दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नविन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु दुवै जनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    दुर्घटनामा घाइते भएका मध्ये चालकसहितको अवस्था पनि गम्भीर छ। चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ। उनीहरुको पनि सुर्खेतमै उपचार भइरहेको छ ।

    घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट करीब दुई सय मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6