
बाजुरामा १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक बलात्कार
Above Article Content Ad
धनगढी । बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेको हो।
माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ।
Article inline ad #1
पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन्। बलात्कारको आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी दिएका हुन्।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका छन्।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad