Above Article Ad
  • जापानमा शक्तिशाली भूकम्प १३ जनाको मृत्यु

    Above Article Content Ad
  • टोकियो-जापानको दक्षिणी कुमामोतो प्रान्तमा आएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले जापानको सार्वजनिक प्रसारक एनएचकेलाई उद्धृत गर्दै मृतकको संख्या पुष्टि गरेकी हुन्।

    Article inline ad #1
  • प्रधानमन्त्री ताकाइचीका अनुसार हालसम्म पुष्टि भएका मृतकमध्ये केहीको मृत्यु प्रत्यक्ष रूपमा भूकम्प वा त्यसपछि आएका परकम्पसँग सम्बन्धित हो वा होइन भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ । बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिन्।

    Article inline ad #2

    उनले भनिन्, ‘मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’। उद्धार कार्य अझै जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू अझै पनि सहयोगको प्रतीक्षामा रहेको र प्रत्येक सेकेन्ड अत्यन्त महत्वपूर्ण भएको ताकाइचीले बताइन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6