Above Article Ad
  • बैतडीका मडैले दिए फेकनको कार्यकारी सदस्यमा उम्मेदवारी

    Above Article Content Ad
  • बैतडी। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यमा बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ का मडैले वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

    काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत रहेका मडैले संस्थाको क्रियासिलताका लागि सदस्यमा उम्मेदवारी दिएको बताए। ‘स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउन र व्यवसायिक क्षमता बढाउनका लागि मैले उम्मेदावरी दिएको हुँ,’ उनले भने, ‘सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु।’

    Article inline ad #1
  • उनले नीति निर्माण तहमा भोगिरहेका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्। यस्तै नेपालबाट मात्रै नभएर विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनका गर्न संघमार्फत काम गर्ने उनले बताए। ‘अहिले संघको सदस्य छु, यो निर्वाचनमा कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको छु, सबै सदस्यहरुलाई सहयोगका लागि अनुरोध गर्दछु,’ उनले भने।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6