Above Article Ad
  • गृहमन्त्री लेखकले भने : कैलाली कारागर घटनाका दोषीलाई कारवाही हुन्छ

    Above Article Content Ad
  • कैलाली-गृहमन्त्री रमेश लेखकले छानविन समितिको प्रतिवेदनको आधारमा कैलाली कारागार घटनाका दोषीहरुलाई कारबाही गरिने बताएका छन्।

    बुधबार सिंह दरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले साउन २२ गते कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदनको पर्खाइमा रहेको जानकारी दिएका हुन्। संसदिय समितिलाई छानविन समितिले तोकिएको अवधीभित्र प्रतिवेदन पेश गर्ने जानकारी गराउँदै सो प्रतिवेदनका आधारमा दोषिमाथि कानूनी कारवाही सहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे।

    Article inline ad #1
  • कैलाली कारागारमा हाल ब्लक ए र ब्लक बी मा गरि ६४३ जना पुरुष र एक ब्लकमा ४७ जना महिला वन्दी छन्। घटनाको रात दुई ब्लक छुट्ट्याउने पर्खाल तोडफोड गरि कैदिबन्दीहरुले ब्लक बी मा पुगेर त्यहाँका कैदीहरुलाई कुटपिट गरेको विवरणमा उल्लेख छ।

    Article inline ad #2

    बन्दीका परिवारसंग भेट गराई उनिहरुको अवस्थाबारे जानकारी गराईएको छ। छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानूनी कारवाही हुने उनले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by