१३ जना अपाङ्ग व्यक्तिलाई सहायक सामाग्री वितरण
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हुल्चियर वितरण गरिएको छ । पुनर्वास नगरपालिका भित्रका १३ जना अपाङ्ग नागरिकहरुलाई सहायक सामाग्री हुल्चियर मंगलबार एक कार्यक्रमका विच वितरण गरिएको हो ।
पुनर्वास नगर अपाङगहक अधिकार संघको समन्वयनमा नगरपालिकाको महिला तथा बालबालिका शाखाले ४ लाख बराबरको निशुल्क ४ नर्मल हुल्चियर, ३ शौचालय चियर र ६ ट्राई साईकल वितरण गरेको हो ।
जन्मजात अपाङ्गता भएका तथा विभिन्न दुर्घटनाबाट अङ्गभङ्ग भएका तथा अरुको सहयोगमा हिँडडुल गर्नु पर्ने नागरिकका समस्यालाई मध्यनजर गर्दै सो सामाग्री वितरण गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख रिता मल्लले बताईन् ।
हुल्चिएरर वितरण कार्यक्रममा बोल्दै पुनर्वास नगर अपाङगहक अधिकार संघका अध्यक्ष छेन लामा तामाङले अपाङग नागरिकहरुलाई नगरपालिका संग समन्वय गरी यसरी सहायक सामाग्री वितरण गर्न पाउँदा खुशी भएको बताए । कार्यक्रमको अध्यक्षता गरेकी ग्नगरपालिकाकाकी उपप्रमुख भुलिया कुमारी रानाले नगरपालिका भित्रबाट छनोट गर्दा १३ जना अपाङग नागरिक हिँडडुल गर्न अरुको सहायता चाहिने व्यक्तिलाई नगरपालिकाको सहायोगमा सामाग्री वितरण गरिएको बताईन् । कार्यक्रमका प्रमुख अतिथिको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले अपाङगता भएका व्यक्तिहरुलाई हुल्चियर वितरण गर्न पाएकोमा खुसी भएको र आगामी दिनमा पनि अन्य अपाङ्ग भएका नागरिकहरुलाई सहयोग गर्दै जाने बताए ।