Above Article Ad
  • कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु

    Above Article Content Ad
  • धनगढी- कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ।

    जिल्लाको जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको बताए। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। पेयपदार्थमा विषादी सेवन गरिएको आशँकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ

    पन्त विगत १७ वर्षदेखि विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिए। घटना विवरणअनुसार बिदामा घर गएका शिक्षक पन्त साउन ३ गते नै धनगढीबाट फर्केका थिए। उनीसँग अर्का एक जना शिक्षक समेत फर्केका थिए। उनीहरू दुबै जना दुगौलीमा अलगअलग घरमा डेरा गरी बस्ने गरेका विद्यालयले बताएको छ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    दुबैजना शिक्षक आ–आफ्नो डेरामा गएको केही समय पछि मृतक पन्तले ती अर्का शिक्षकलाई फोन गरेर टीकापुर बोलाएका छन्। उनी टीकापुर पुग्दा पन्त एक होटेलमा छटपटाइ रहेको अवस्थामा फेला परेका थिए। उनीहरूले पन्तलाई उपचारका लागि टीकापुर अस्पताल लगेका थिए। चिकित्सकले पन्तलाई मृत घोषणा गरेका हुन्

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6