
लेनदेन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक पुरुष र महिला पक्राउ
Above Article Content Ad
कञ्चनपुर-लेनदेन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक पुरुष र महिला पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ फागुन १६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१० काठेपुल बस्ने ४३ वर्षीय जनकबहादुर भाट पक्राउ परेका हुन्। भाटलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।
Article inline ad #1
यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको मिति २०८३ असार ३ गतेको फैसलाले लेनदेन मुद्दामा बिगो एक लाख बाफतको १ वर्ष ३ महिना १३ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका–५ सुकासाल अवस्थी चौराहा बस्ने ३० वर्षकी जानकी सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















