Above Article Ad
  • कैलाली नपुग्दै सुदूरपश्चिममा दलको नेता फेर्न प्रचण्डले दिएको निर्देशन अलपत्र

    Above Article Content Ad
  • धनगढी : १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

    अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो ।आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि अन्तिम पल्ट बुधवार उनले सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए ।

    Article inline ad #1
  • फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड एक घण्टाको लागि मात्रै काठमाडौँ आएका थिए ।

    Article inline ad #2

    प्रचण्डले पुरानै शैलीमा ‘म २० गते कैलाली पुग्छु म पुग्नुभन्दा पहिल्यै नै निर्णय कार्यान्वयन गराउनु होला’ प्रचण्डले सबैलाई साथमा राखेर फेरी निर्देशन दिए । प्रचण्डले यस अघि नै भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए ।

    माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न मङ्गलवार कैलाली पुग्ने आफ्नो कार्य तालिका सुनाउँदै उनले त्यो बेलासम्म समस्या समाधान गर्न सबै सांसदहरूलाई बोलाएरै निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन भएन । आफूले भनेजस्तै गरी प्रचण्ड अहिले कैलाली पुगिसकेका छन् । तर, दलको नेताको विवाद मिलेको छैन। ‘अध्यक्ष कमरेडले २० गतेभित्र विवाद मिलाउन भन्नु भएको थियो तर, विवाद अझै मिलेको छैन ’ माओवादीका एक सांसदले भने ‘कसरी विवाद मिलाउने भन्ने विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।’

    संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

    धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५्५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

    संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । यस्तो अवस्थामा केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आइरहेको छ ।

    प्रचण्डले आफै बोलाएर २० गतेभित्रै भट्टलाई नेता बनाउन भने पनि कुन विधिले बनाउने भन्ने विषय भने अन्योलमा पर्दा प्रचण्डले अन्तिम पल्ट दिएको निर्देशन पनि उल्लङ्घन भएको छ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6