Above Article Ad
  • स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि १० उम्मेदवारको सर्टलिस्ट

    Above Article Content Ad
  • धनगढी-शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित उपकुलपति तथा रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपति पदका लागि आवेदन दिएका ३ जना र रजिस्ट्रार पदका लागि आवेदन दिएका ७ जनालाई सर्टलिस्टमा समावेश गरेको हो।

    Article inline ad #1
  • समितिको सूचनाअनुसार उपकुलपति पदका लागि तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, काठमाडौंका प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रुपन्देहीका प्राध्यापक डाक्टर माधव लम्साल सर्टलिस्टमा परेका छन्। जोशी यसअघि विश्वविद्यालयका उपकुलपति रहिसकेका व्यक्ति हुन्। सरकारद्वारा अध्यादेशमार्फत नयाँ व्यवस्था लागू भएपछि उनी पदमुक्त भएका थिए।

    Article inline ad #2

    त्यसैगरी रजिस्ट्रार पदका लागि कैलालीका प्राध्यापक डाक्टर पदमराज जोशी, तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डाक्टर कादिर आलम, बर्दियाका प्राध्यापक डाक्टर दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डाक्टर डमरुप्रसाद पनेरु सर्टलिस्टमा परेका छन्।

    सिफारिस समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि उपकुलपति तथा रजिस्ट्रारको अन्तिम सिफारिस गरिनेछ। यसका लागि असार १५ गतेको मिति तोकिएको छ।

    विश्वविद्यालय सभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6