Above Article Ad
  • ११४ औं अन्तराष्ट्रिय नारी दिवसमा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई सम्मान

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासबाट दैनिक रुपमा प्रकाशित हुने विश्व खोज दैनिक पत्रिकाले आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

    शुक्रबार ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कार्यालयमा कार्यरत पाँच जना महिला कर्मचारीहरुलाई झोला उपहार दिँदै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    Article inline ad #1
  • सम्मानित हुने कर्मचारीमा देवि रोकाया, सपना एसके, सनम वड, पुष्पा जोशी र रेखा साउँद थिए ।
    “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी”भन्ने नारा सहित देशभर मनाईरहँदा कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको विश्व खोज दैनिक पत्रिकाले पनि महिला कर्मचारीहरुलाई मिठो परिकार खुवाई,उपहार सहित सम्मान गरेको हो ।

    Article inline ad #2

    हाम्रो कार्यालयले नारी माथी देखाएको सम्मानलाई अन्य कार्यालयले पनि सिको गर्न आवश्यक रहेको कर्मचारीहरुले बताएका थिए ।
    वर्षभरीको कमाई भन्दा ठुलो आजको सम्मान हो । नारी दिवस मनाउने मात्रै नभई सरकारले नारी माथी भईरहने विभेद र घटिरहने विभिन्न घटनाहरुमा सरकार गम्भिर हुनुपर्ने कुरामा विशेष जोड दिए ।
    कार्यालयले यसभन्दा अघिल्लो वर्षमा पनि यसरी नै महिला कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by