
बेलौरीका युवा उद्यमी तथा पत्रकार सुरज श्रेष्ठ सुदूरपश्चिम विश्वविद्यालयबाट एमफिल उपाधिसहित दीक्षित
कञ्चनपुर-कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीका युवा उद्यमी, प्राध्यापक तथा अनमोल प्रेस डट कमका सम्पादक सुरज श्रेष्ठ सुदूरपश्चिम विश्वविद्यालयबाट एमफिल उपाधि हासिल गरी दीक्षित हुनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगरमा शुक्रबार आयोजित छैटौँ दीक्षान्त समारोहमा श्रेष्ठलाई विश्वविद्यालयका पदाधिकारीहरूले प्रमाणपत्र प्रदान गरेका थिए। कालो गाउन, टोपी र रातो कलरमा सजिएका श्रेष्ठले समारोहमा औपचारिक रूपमा प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।
बहुआयामिक व्यक्तित्वका धनी श्रेष्ठ कञ्चनपुरको बेलौरी क्षेत्रमा युवा उद्यमीका रूपमा सक्रिय हुनुहुन्छ । उहाँले न्यू लक्ष्मी इट्टा उद्योग सञ्चालन गर्नुभएको छ । यस्तै उहाँ शिक्षण पेशामा समेत संलग्न हुनुहुन्छ । अहिले महाकाली बहुमुखी क्याम्पसमा प्राध्यापकको रुपमा शिक्षण गर्दै आउनुभएको छ।
यो सँगै श्रेष्ठले कञ्चनपुरको पुनर्वासबाट सञ्चालनमा रहेको सञ्चार माध्यम अनमोल प्रेस डटकमको सम्पादकको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएको छ। पत्रकारिता क्षेत्रमा दक्षिण क्षेत्रकै एक अब्बल र निडर पत्रकारको रुपमा उहाँलाई सबैले चिन्ने गरेका छन्।
दीक्षान्त समारोह पछि श्रेष्ठले खुसी व्यक्त गर्नुभएको थियो। उहाँले यी सबै कुराको व्यवस्थापनसँगै पढाइलाई समेत निरन्तरता दिन आफूलाई आफ्नो श्रीमती र परिवारले सदैव साथ दिएको स्मरण गर्नुभयो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, महेन्द्रनगरमा सम्पन्न भएको उक्त समारोहमा विभिन्न संकायका सयौँ विद्यार्थीहरू दीक्षित भएका थिए। श्रेष्ठले हासिल गरेको एमफिल उपाधिले उहाँको शैक्षिक, व्यावसायिक तथा पत्रकारिता क्षेत्रको यात्रालाई थप उचाइ दिने विश्वास गरिएको छ। बेलौरी तथा दक्षिणी क्षेत्रका युवाहरूका लागि उहाँ प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।o















