Above Article Ad
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्झनामा पुनर्वासमा दीप प्रज्वलन

    Above Article Content Ad
  • पुनर्वास–  नेपालमा भदौ २३  र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएका युवाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

    शनिबार कन्चनपुरको पुनर्वास नगरपालिका- ३, आई. बि आर.डि.को शहिद गेटमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण  गर्दै दीप प्रज्वलन गरेका हुन् ।

    Article inline ad #1
  • संक्षिप्त शोकसभामा यादव सिंह, नरेश थापा लगायतले जेनजीको आन्दोलनमा मारिएकाहरुप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

    Article inline ad #2

    उनीहरुले सरकारले अनावश्यक बल प्रयोग गरेर स्कूल/कलेजस्तरमा रहेका होनहार युवाहरुको ज्यान लिने सम्मको जघन्य अपराध गरेको बताएका छन् ।

    उनीहरुले देश रोएको हुँदा आफुहरु मर्माहत भएको उल्लेख गरे । आन्दोलनका क्रममा कलिला बालबालिकाले ज्यान गुमाउनु परेकोमा आफुहरुलाई निकै पिडा भएको बताउदै शोकलाई शाक्तिमा बदल्न बाध्य बनाएको उनीहरुको भनाई छ ।

    आफुहरुको जन्मघरको माया ममता रहेको बताउदै दुःखद यो समयमा आन्दोलनका क्रममा निधन हुनेको परिवारलाई न्यायोचित सहयोग र घाइतेको निःशुल्क उपचार हुनुपर्ने उनीहरुको धारणा  थियो ।

    उनीहरुले आन्दोलनमा आफ्ना बाबु–नानी गुमाएका अभिभावकहरुप्रति समवेदना  समेत व्यक्त गरेका छन् ।
    आन्दोलनमा मारिएकाहरुको सम्झनामा देशभर शोकसभासँगै दीप प्रज्वलन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by