Above Article Ad
  • दिल्लीबाट धनगढी आउँदै गरेको बसबाट ठूलो परिमाणमा तस्करीका सामान बरामद

    Above Article Content Ad
  • गौरीफन्टा- दिल्लीबाट धनगढी (नेपाल) तर्फ आउँदै गरेको नेपाली नम्बरको मौलाकालिका यातायात प्रालिको बसबाट भारतीय सीमा शुल्क विभागले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ।

    बसबाट लुकाइछिपाइ ल्याइएका हार्डवेयरका सामग्री तथा मोटर पार्ट्स फेला परेपछि विभागले बससहित कुल १० लाख ८७ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो। भारतीय भन्सार विभागले  दिल्ली-काठमाडौँ रुटमा चल्ने सुप्रप ०१ ००१ ख ३०६४ नम्बरको बसबाट तस्करीको सामान बरामद भएको जनाएको छ।

    Article inline ad #1
  • गौरीफन्टा सीमा शुल्क कार्यालयका अनुसार शुक्रबार बिहान बसलाई शंकाका आधारमा रोकी जाँच गरिएको थियो। जाँचका क्रममा बसको तल्लो भागमा रहेको गोप्य क्याबिन भेटिएको थियो, जहाँ भन्सार शुल्क नतिरी भित्र्याइएका हार्डवेयर सामग्री र मोटर पार्ट्स लुकाइराखिएको अवस्थामा फेला परेको हो।

    Article inline ad #2

    बरामद गरिएको सामानको मूल्य करिब ६ लाख रुपैयाँ आँकलन गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको  भारतीय सीमा शुल्क कार्यालयले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6