
सुदूरपश्चिमबाट लागू औषध सहित ६ जना पक्राउ
Above Article Content Ad
धनगढी –सुदूरपश्चिमबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन । शुक्रबार कैलाली, कञ्चनपुर र डडेल्धुराबाट ३ जना पक्राउ परेका हुन ।
कैलालीको घोडाघोडी नगरपालिका – १० पहलमानपुरबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँका १९ वर्षीय शंकर भट्ट र १८ वर्षिय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका – ११ गड्डाचौकी ७ नम्वर नजिकबाट ४।८६ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ६ बस्ने ३१ वर्षीय राम धानुक पक्राउ परेका छन ।
Article inline ad #1
बेदकोट नगरपालिका – ८ गाउजी अमर सामुदायीक बनको गेट नजिकबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित भीदत्त नगरपालिका – ३ का २३ वर्षीय बिशाल बिष्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Article inline ad #2
बेलौरी नगरपालिका – १० स्थित ४ नम्बर किल्ला नजिकबाट १ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेलडाँडी गाउँपालिका – १ सिद्धचोक बस्ने २६ वर्षीय मनोज सिंह डडाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
डडेल्धुरा सल्लाघारी स्थित सोही ठाउँ बस्ने बर्ष ५२ को दुर्लब सिहं खड्काले संचालन गरेको खड्का मदिरा पसलबाट ५।२२ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















